अन्तर्राष्ट्रिय
बेलायतमा कोरोना संक्रमितको संख्या ३३ हजार ७१८ पुग्यो
०

काठमाडौं,चैत २१-
बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ७१८ पुगेको छ ।बितेको २४ घण्टामा ४ हजार २ सय ४४ जनामा नयाँ संक्रमण देखिएको छ । बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ९२१ पुगेको छ । २४ घण्टाको अवधिमामात्र बेलायतमा ५६९ जनाले ज्यान गुमाएका थिए ।
कोरोना संक्रमितमध्ये १३५ जना उपचारपछि फर्किएका छन् । अहिले बेलायतमा ३० हजार ६६२ जनाको कोरोनाको उपचार भइरहेको छ । उनीहरुमध्ये १६३ जनाको अवस्था गम्भीर छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>