अन्तर्राष्ट्रिय
रुसले अमेरिकालाई ६० टन मेडिकल सामग्री पठायो
०

एजेन्सी,चैत २१-
रुसले कोरोना भाइरसको महामारीसँग जुधिरहेको अमेरिकालाई ६० टन मेडिकल सामग्री पठाएको छ। त्यसअघि ट्रम्प र पुटिनबीच भएको टेलिफोन वार्तामा रुसी राष्ट्रपतिले अमेरिकी समक्षीलाई मेडिकल सामग्री सहयोगको अफर गरेका थिए। रुसले पठाएको मेडिकल सामग्री बोकेको विमान अमेरिकाको जोन एफ केनेडी अन्तर्राष्ट्रिय रंगशालामा अवतरण भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन्।
यो सहयोगलाई लिएर दुई देशका अधिकारीले आफ्ना देशका कार्यकारी प्रमुखको आलोचना गरेको जनाइएको छ। अमेरिकी अधिकारीले पुटिनको सहयोग पछाडिको कारणलाई लिएर आलोचना गरेका छन् भने रुसी अधिकारीले देशभित्र कोरोनाको संकट आईरहँदा पुटिनले अन्तर्राष्ट्रिय सहयोगमा चासो देखाएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>