समाज

लकडाउनले बिक्री गर्न नपाएपछि किसानले फाल्न थाले दूध

Banner

काठमाडौं,चैत १९-

सरकारले कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि लकडाउन गरेपछि दूध खपतमा ७५ प्रतिशतले कमी आएको छ। दूध र दुग्धजन्य पदार्थको खपत घटेपछि किसानले सडकमा फाल्न थालेका छन्। नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालका अनुसार साबिकको तुलनामा अहिले दूध तथा दुग्धजन्य पदार्थको खपत २५ प्रतिशत भन्दा कम छ।

दूध तथा दुग्धजन्य पदार्थ मुलुकका सहरहरूमध्ये सबैभन्दा धेरै खपत काठमाडौं, पोखरा,चितवन र बुटवलमा हुने गर्छ। लकडाउनपछि विद्यालय र कार्यालयहरु बन्द भएपछि ८ लाखभन्दा बढीले काठमाडौं उपत्यका छाडिसकेका छन्। चिया पसल, होटल, रेष्टुरेण्ट र क्याटरिङ सबैजसो बन्द छन्। सीमित संख्यामा पाहुना रहेका होटलको पनि खाद्यपदार्थ खपतको परिमाण न्युन छ । कतिपय सहरी क्षेत्रमा रहेका साना डेरीसमेत बन्द छन्।

दूध खपत बढी हुने क्षेत्र नै बन्द भएका कारण खपत कम भएको हो। एसोसिएसनका अनुसार काठमाडौं उपत्यकामा मात्रै दैनिक करिब ७ लाख लिटर दूध खपत हुने गरेको थियो। पर्यटकीय क्षेत्र पोखराका सबै होटल र रेष्टुरेन्ट बन्द भएका कारण खपत न्यून छ। बुटवलमा समेत लकडाउनपछि दूधको खपत छैन।

खपत घटेपछि डेरीहरुले किसान र तिनका सहकारीबाट दूध उठाउन छाडेका छन्। लकडाउन भएको भोलिपल्टबाटै दूध उठाउन छाडिएको नेपाल डेरीका निर्देशक अरनिको राजभण्डारीले बताए। उनका अनुसार दूध खपत नै नहुने भएपछि उठाउन छाडिएको हो। लकडाउनपछि दूध दुई दिन स्टक राख्न र दुग्धजन्य पदार्थहरु बनाउनका लागि उठाइएको थियो। खपत नभएपछि किसान र सहकारीहरुले दूध फालेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>