चितवन विशेष
फेसबुक मार्फत सहयोग जुटाएर साहाराको घरलाई खाद्यान्न सहयोग

लक्ष्मण गौतम,
चितवन चैत ९-
चितवनको भरतपुर स्थित तारापुरञ्ज बचत तथा ऋण सहकारी संस्था र सामाजिक संजाल फेसबुकमा कोरोना बिरुद्धको अभियानमा आवद्ध रहेका सदस्यहरुले साहाराको घरका बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । लकडाउनका कारण चितवन भरतपुर महानगरपालिका ११ स्थित साहाराको घरमा आश्रित रहेका बालिबालिकाहरुलाई खाद्यान्न अभाव भएपछि सहयोग गरिएको हो ।
सहकारीका सदस्यहरु लकडाउन भएको अवस्थामा एक आपसमा कुराकानी गर्ने माध्यम फेसबुकबाट रकम सहयोगको अपिल गर्दे जम्मा भएको करिब २८ हजार रुपैया वरावरको खाद्यान्न सहयोग गरिएको छ । साहाराको घरकी संचालिका स्वतिका तिवारीले खाद्यान्न अभावका कारण साहारा घरमा रहेका १८ जना बालबालिका खाना खुवाउन समस्या रहेको भन्दै फेसबुकमा अपिल गरेपछि फेसबुककै माध्यामबाट सहयोग रकम संकलन गरी चामल, दाल , पिठो , तेल , तरिकारी , बिस्कुट ,ग्याँस लगायतको खाद्य हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष सुदीप रेग्मी , सचिब रेगन पन्त , कार्यक्रम व्यवस्थापक प्रमुख लक्ष्मण गौतम लगायतको सहभागीता रहेको थियो ।