समाज

कोरोना सङ्क्रमित बागलुङकी युवतीका परिवारमा सङ्क्रमण देखिएन

Banner

बागलुङ,चैत १९-

कोरोना सङ्क्रमित बाग्लुङ नगरपालिका ४ कुँडुलेकी युवतीका परिवारका सदस्यको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । धौलागिरि अञ्चल अस्पताल बाग्लुङले सङ्क्रमित युवती, उनका आफन्त र सङ्क्रमितसँगै आएका गरी ११ जनाको स्वाब नमुना परीक्षणका लागि सोमबार काठमाण्डौ पठाएको थियो ।

परीक्षणका लागि पठाइएकामध्ये युवतीका पिता, हजुरबुबा, दाइ र दिदी गरी चार जनाको रिपोर्ट नेगेटिभ आएको अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेन्डण्ट डा शैलेन्द्र बी पोख्रेलले जानकारी दिनुभयो । पोख्रेलका अनुसार अन्य रिपोर्ट क्रमशः आउने छ ।

सङ्क्रमित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको र परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आउन थालेका कारण त्यहाँका अन्यमा कोरोना सङ्क्रमित नहुन सक्ने आशा जागेको डा.पोख्रेलले जानकारी दिनुभयो ।

ती युवती यही चैत ५ गते बेल्जियमबाट दोहा कतार ट्रान्जिट हुँदै कतार एअरवेजको क्यूआर ६५२ उडानबाट नेपाल आएकी थिइन् । कतार एयरवेजको विमानमा सवार काठमाण्डौकी युवतीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि विमानमा सवार बागलुङकी ती युवतीलाई पनि सामान्य ज्वरो समेत देखिएको थियो ।

गएको चैत १२ गते स्वाब परीक्षणका लागि नमुना सङ्कलन गर्दा कोरोना पुष्टि भएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>