Breaking News

स्पेनमा कोरोनाभाइरस संक्रमितको संख्या एक लाख नाघ्यो

Banner

एजेन्सी,चैत १९-

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । बुधबार स्पेनमा थप ६ हजार २ सय १३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख नाघेको हो ।

हालसम्म स्पेनमा कोरोना भाइरससंक्रमितको संख्या १ लाख २ हजार १ सय ३६ पुगेको जनाइएको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपियन मुलुकहरुमा संक्रमणको दर रोकिएको छैन । स्पेनमा ज्यान गुमाउनेको संख्या ९ हजार ५३ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>