चितवन विशेष
भरतपुर अस्पतालका नवनियुक्त पदाधिकारीले गरे पदभार ग्रहण

चितवन, चैत १९–
मंगलबार मन्त्रीस्तरीय निर्णयबाट नियुक्त भएका भरतपुर अस्पताल विकास समितिका नवनियुक्त पदाधिकारीले आज (बुधबार) पदभार ग्रहण गरेका छन् ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले टिका लगाएर स्वागत गरेसंगै पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् । समितिका अध्यक्ष डा.भोजराज अधिकारी, समिति सदस्यरहरू रमाकान्त सापकोटा, केशव देवकोटा र रमा घिमिरेले एक कार्यक्रमकाबीच पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै अध्यक्ष डा.अधिकारीले विषम्परिस्थितिलाई मध्यनजर गर्दै आफ्नो पहिलो प्राथमिकता चितवनलाई ‘कोरोना फ्री जोन’ बनाउने बताए । यस्तै उनले भरतपुर अस्पताललाई शैक्षिक थलोको रुपमा समेत विकास गर्दै लैजाने बताए । उनले भने–‘म यहाँ कमाउन आएको होइन, अस्पताललाई नयाँ दिशा दिने छौं ।’ उनले आफू चिकित्सकको रुपमा कार्यरत हुँदा पाएको सल्लाह सुझाव जस्तै अहिले व्यवस्थापकिय भूमिकामा हुँदा पनि सल्लाह सुझाव दिन आग्रह गरे ।