चितवन विशेष

‘साहाराको घर’लाई युवाहरुले गरे खाद्यान्न सहयोग

Banner

चितवन, चैत १९–

चितवनको भरतपुरस्थित तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था एवंम सामाजिक सञ्जाल फेसबुकमा कोरोनाविरुद्धको अभियानमा आबद्ध रहेका सदस्यहरुले ‘साहाराको घर’का बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ ।

लकडाउनका कारण भरतपुर–११, स्थित ‘साहाराको घर’मा आश्रित रहेका बालबालिकाहरुलाई बिहान बेलुका छाक टार्न समस्या भएपछि सहकारी र युवाहरु मिलेर खाद्यान्न सहयोग गरेका हुन् । सहकारीका सदस्यहरु लकडाउन भएको अवस्थामा एक आपसमा कुराकानी गर्ने माध्यम फेसबुकबाट रकम सहयोगको अपिल गर्दे जम्मा भएको करिब २८ हजार रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेका हुन् । ‘साहाराको घर’की संचालिका स्वस्तिका तिवारीले खाद्य अभाबका कारण ‘साहारा घर’मा रहेका १८ जना बालबालिका जोखीममा रहेका भन्दै अपिल गरेपछि फेसबुकको माध्यमबाट सहयोग रकम संकलन गरी चामल, दाल, पिठो, तेल, तरकारी, बिस्कुट, ग्यासलगायतको खाद्य सामानहरु हस्तान्तरण गरिएको हो ।

सो क्रममा सहकारी संस्थाका अध्यक्ष सुदीप रेग्मी, सचिव रेगन पन्त, कार्यक्रम ब्यबस्थापन प्रमुख लक्ष्मण गौतमलगायत यस क्षेत्रका सामाजिक अगुवाहरुको सहभागीता रहेको थियो । लगातारको लकडाउनका कारण सहाराको घरमा दैनिक उपभोग्य सामानको अभाब भएकाले अनाथ बालबालिकाहरु समस्यामा परेको बेलामा खाद्यान्न सहयोगले राहत मिलेको संचालिका तिवारीले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>