जोडिनुहोस
  • होमपेज
  • नवलपुरमा रिटर्नी माइग्रेन्ट नेपालले वितरण गर्‍यो १२ सय ७० थान मास्क

नवलपुरमा रिटर्नी माइग्रेन्ट नेपालले वितरण गर्‍यो १२ सय ७० थान मास्क

ज्ञानु पंगेनी

नवलपुर, चैत १९–

रिटर्नी माइगे्रन्ट नेपाल नवलपुर शाखाले जिल्लाका स्थानीय तह तथा विभिन्न संघसस्थाहरुलाई मास्क सहयोग गरेको छ ।

जिल्लाभित्र पाँच हजार थान मास्क वितरण गर्ने लक्ष्य अनुसार पहिलो दिन आज (बुधबार) एक हजार दुई सय ७० थान मास्क वितरण गरिएको रिटर्नी माइग्रेन्ट नेपाल गण्डकी प्रदेशका अध्यक्ष नेत्र थनेतले जानकारी दिए । कोराना भाइरस (कोभिड–१९) बाट सुरक्षित हुनका लागि अहिले मास्क आवश्यक परिररहेको र स्वास्थ्य संस्थाहरुमा समेत नपाइएकाले आफूहरु पाँच हजार थान मास्क ल्याएर जिल्लामा वितरण गर्ने कार्य सुरु गरिएको थनेतले जानकारी दिए ।

कावासोती नगरपालिकामा रहेको मध्यविन्दु जिल्ला अस्पताललाई पाँच सय थान, नेपाल रेडक्रस सोसाईटी कावासोती उपशाखालाई एक सय ५० थान, सूर्यकिरण कृषि सहकारी संस्था मध्यविन्दु–१५ लाई दुई सय थान, मध्यविन्दु नगरपालिकाको कार्यालयलाई तीन सय थान, प्रहरी कार्यालय अरुणखोलालाई २० थान र मध्यविन्दु नगरपालिका वडा नम्बर–१२ का गोपाल खनालमार्फत् एक सय थान गरेर १२ सय ७० थान माक्स वितरण गरिएको हो ।

बाँकी रहेका माक्स पनि क्रमशः वितरण गर्दै जाने रिटर्नी माईगे्रन्ट नेपाल नवलपुर शाखाका सचिव दिपेन्द्रराज थनेतले जानकारी दिए । रिटर्नी माइग्रेन्ट नेपाल सचिवालय सदस्य काजी थापा, जिल्ला अध्यक्ष भिमबहादुर महतो, उपाध्यक्ष सुमिर तिवारीलगायतको सहभागितामा वितरण गरिको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका