चितवन विशेष

चितवनका अस्पतालहरुलाई रोटरी इन्टरनेशनलको सहयोग

Banner

चितवन, चैत १९–

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ र रोटरी क्लब दरबारमार्गले चितवनका चार अस्पताललाई कोरोना भाइरस (कोभिड–१९) को उपचारमा संलग्न चिकित्सकहरुका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहयोग गरेको छ ।

रोटरी क्लव अफ चितवन मार्फत यहाँका चार अस्पताललाई (पीपीई) सहयोग गरेको हो । क्लबले आज यहाँ एक कार्यक्रमका बीच भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताल, भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) लाई सामग्री हस्तान्तरण गरेको हो ।

रोटरी क्लब अफ चितवनका अध्यक्ष राजु पौडेल, पूर्ब अध्यक्ष मित्रराज दवाडी, उपाध्यक्ष प्रा.डा.कृष्ण पौडेल र प्रा.डा. हरिशचन्द्र न्यौपानेले ती अस्पतालहरुलाई ५० थान पीपीई, ६० थान रवरको जुत्ता र एउटा पानीको फिल्टर हस्तान्तरण गरेका हुन् । कोरोना अस्पतालका संयोजक भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई १४ थान पीपीई, १५ थान जुत्ता र एक थान फिल्टर उपलव्ध गराईएको थियो भने भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी, चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्साल र पुरानो मेडिकल कलेजका निर्देशक डा. मनोहर प्रधानलाई १२/१२ थान पीपीई र १५/१५ थान जुत्ता हस्तान्तरण गरिएको हो । ती सामाग्री रु ४ लाख बराबरका रहेका छन् ।

यस्तै भरतपुर कोरोना नियन्त्रण कार्यदललाई जिल्लाका अस्पतालमा सहयोग गर्ने गरी लायन्स क्लव अफ नारायणगढ बालकुमारी र नारायणी मोटर्स नारायणगढले रु ९८ हजार बराबरको १४ थान पीपीई आजै हस्तान्तरण गरेको छ ।

क्लबका अध्यक्ष हरेराम पौडेल, पूर्व अध्यक्ष ईश्वरराज राजभण्डारी, नारायणी मोटर्सका संञ्चालक बालगोपाल चुके, अनुसा चुके, अभिषेक चुके र आयुशा चुकेले कार्यदलका संयोजक रेनु दाहाल र प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ती सामाग्री हस्तान्तरण गरेका थिए ।

त्यसैगरि सपना भिलेज सोसियल ईम्प्याक्टले चिकित्सक संघ चितवनका अध्यक्ष डा. प्रकाश खतिवडालाई रु २५ हजार बराबरको माक्स हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष ध्रुब गिरीले संस्थाका सदस्य डा.कृष्ण पौडेल मार्फत ती सामग्री हस्तान्तरण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>