स्वास्थ्य
विवादित मेडिकल सामग्री खरिद सम्झौता सरकारले गर्यो रद्द
०

काठमाडौं, चैत १९–
सरकारले अन्ततः विवादित बनेको मेडिकल सामग्री खरिद सम्झौता रद्द गरेको छ ।
स्वास्थ्य मन्त्रालयद्धारा आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहसँग भएको सम्झौता रद्द गर्ने निर्णय भएको जानकारी दिए । उनले ओम्नी समूहले पहिलो खेपमा ल्याउने भनेअनुसार सामान ल्याउन नसकेको रभोलि दोस्रो खेप पनि ल्याउन नसक्ने भएकाले सम्झौता रद्द गरिएको जानकारी दिए ।
यसअघि महंगोमा सामग्री खरिद गर्न लागेको भन्दै यस सम्झौताको सर्वत्र विरोध भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत विवादमा आउनुको कारणबारे सम्बन्धित विभागसंग जवाफ मागेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>