अन्तर्राष्ट्रिय

अफ्रिकी मुलुक बुर्किना फासोका चार मन्त्रीमा कोराना भाइरस संक्रमण

Banner

एजेन्सी,चैत १०-

पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोका चार जना मन्त्रीहरुमा कोविड १९ को संक्रम देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार त्यहाँको सरकारका प्रवक्ताले बताएअनुसार त्यहाँका पराराष्ट्रमन्त्री, खाद्यान्न मन्त्री, शिक्षा मन्त्री र आन्तिरिक मामिला मन्त्रीमा कोरोना संक्रमण देखिएको छ। ‘अफवाह वास्तिविक भएको छ, भर्खरै ममा कोविड १९ को संक्रमण देखियो,’ त्यहाँ विदेशमन्त्री अल्फा ब्यारीले शुक्रबार अबेर ट्विट गर्दै यस्तो बताएका थिए। ट्विटमा उनको स्वास्थ्यअवस्थाबारे धेरैले चासो व्यक्त गरेका प्रतिक्रियासमेत आएका थिए।

त्यसैगरी खाद्यान्न मन्त्री ओमाराउ इदानी शिक्षामन्त्री स्टेनिसलास ओवारो, गृहमन्त्री सिमोन सावदागोले एक एक गर्दै विदेशमन्त्रीको ट्विटलाई वैधानिकता दिएका थिए। त्यहाँको सरकारी वेबसाइटमा पनि मन्त्रीहरुको अवस्थबारे उल्लेख गरिएको बताइएको छ। २० करोड जनसंख्या रहेको बुर्किना फासो नाजुक सुरक्षा अवस्थापछि जुर्मुराइरहेको एक अफ्रिकी मुलुक हो। यसैबीच विश्वका अन्य स्वास्थ्यसँग सम्बन्धित संस्थाले बुर्किना फासोले यो महामारी रोक्न नसक्ने र यसले पूरै अफ्रिका नराम्रो प्रभाव छाड्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>