अन्तर्राष्ट्रिय

भोलीदेखि मुम्बईको रेल सेवा बन्द हुने

Banner

मुम्बई,चैत ८-

विश्वको सबैभन्दा व्यस्त शहरी रेलवे सेवा मध्ये पर्ने भारतको मुम्बईको रेल सेवा अस्थायी रुपमा बन्द हुने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिने प्रयास स्वरुप सोमबार बिहानदेखि मुम्बईको रेल सेवा बन्द हुने भएको हो ।

भारतको सबैभन्दा बढी जनसंख्यायुक्त शहर मुम्बईमा हरेक दिन ८० लाख यात्रुले रेलबाट यात्रा गर्ने गरेका छन् । मुम्बईको रेलमा क्षमता भन्दा तीनगुणा बढी यात्रु हुन्छन् । ४५९ किलोमिटर लामो रेलवे सेवा भारतको आर्थिक तथा मनोरञ्जनको राजधानी मुम्बईको ‘लाइफलाइन’ नै हो ।

मुम्बईको रेलवे सेवाले एक हप्तामा पृथ्वीबाट चन्द्रमा जत्तिको दूरी पूरा गर्ने गरेको जनाइएको छ । विगत ६६ वर्षदेखि सेवा प्रदान गर्दै आएको रेलमा प्रति एक किलोमिटर ६० हजार यात्रु चढ्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>