अन्तर्राष्ट्रिय

बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु

Banner

पोल्यान्ड, चैत ८-

पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ । नाम सार्वजनिक नगरिएकी ती महिला सहित पोल्यान्डमा मृत्यु हुनेको संख्या छ पुगेको छ ।

विश्वमै यति कम उमेरमा कोरोना संक्रमण भएर मृत्यु भएकी उनी पहिलो महिला भएको मानिएको छ ।

ती महिलालाई आफ्नै आमाबाट कोरोनाभाइरस संक्रमण भएको मानिएको छ । उनकी आमा भर्खर इटालीको भ्रमण गरेर फर्किएकी र उनैबाट छोरीमा कोरोना संक्रमण भएको मानिएको छ । पोल्यान्डका संचार माध्यमहरुले ती महिलाले जन्माएको बच्चा स्वस्थ रहेको बताएका छन् । (रासस/एएनआई)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>