Breaking News
नेपालमा नयाँ कोरोना संक्रमित भेटिएन, हालसम्म १०६० जनाको कोरोना परीक्षण
०

काठमाडौं, चैत १८–
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप कुनै पनि व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नदेखिएको जनाएको छ ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले आजसम्ममा थप नयाँ व्यक्तिमा संक्रमित नभेटिएको जानकारी दिएको हो । उनका अनुसार हालसम्म एक हजार ६० जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ । यस्तै प्रवक्ता देवकोटाले नेपालमा पछिल्ला चार जना संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले दुई जनाको सबै जानकारी लिइ सकिएको र अन्य दुई जनाको करिव ८० प्रतिशत काम सकिएको जानकारी दिए ।
नेपालमा हालसम्म पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने चार जना उपचाररत छन । एक जना भने यसअघि नै निको भइसकेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>