चितवन विशेष

चितवनको फोर्ब्स कलेजले सुरु गर्‍यो अनलाइन कक्षा

Banner

चितवन,चैत १८-

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (केभिड १९) का कारण नेपाल लकडाउनको अवस्थामा छ । यो समयमा देशभरका शैक्षिकसंस्था बन्द छन् भने सबै विद्यार्थीहरु घरमा बसिरहेका छन् । यो परिस्थितिमा विद्यार्थीका लागि भरतपुर महानगरपालिका २ क्षेत्रपुरमा रहेको फोर्ब्स कलेजले अनलाइन कक्षा सन्चालन गरेको कलेजका प्राचार्य हरि शरण पाठाकले जानकारी दिनुभयो।

लकडाउनको अवस्थामा अनलाईन कक्षाले विद्यार्थीले पढाईमा निरन्तरता पाउने छन भने लकडाउनको अवस्थामा घरमा नै रहेर अध्ययनमा व्यस्त हुँदा विद्यार्थीहरुलाई कोरोना भाइरसबाट सुरक्षित रहन पनि सहयोग गर्ने प्राचार्य पाठकले बताउनुभयो । साथै यस्तो विषम परिस्थितिमा सरकारले गरेको लकडाउनलाई सहयोग गर्दै आफूपनि सुरक्षित रही अरुलाई पनि सुरक्षित रहन सहयोग गर्न सम्पुर्ण नेपालीहरुलार्इ कलेजले आब्हान गरेको छ । यो समयमा कलेजका तर्फबाट पनि आवश्यक सहयोग सरकारलाई गर्ने प्रतिबद्धता जायर गरिएको छ ।

कलेजमा संचालित विसिएस (नेटवर्क टेक्नोलोजी एण्ड साइबर सेक्युरिटी)का विद्यार्थीहरुलाई जुम एप्लिकेसन , युटुव च्यानल तथा गूगल क्लासरुम जस्ता विभिन्न प्रबिधि प्रयोग गरि अनलाइन कक्षा सन्चालन तथा असाइन्मेन्ट दिने गरेको कलेजका एकेडेमिक डाइरेक्टर सुलभ अधिकारीले जानकारी गराउनुभयो। त्यस्तै कलेजमा संचालित बिएचएम कार्यक्रमका विद्यार्थीहरुलाई पनि अनलाइन कक्षा, असाइन्मेन्ट , जानकारी मुलक विषय वस्तुहरु अनलाइनबाट संचालन गरेको सहायक प्राचार्य दिवस मैनालीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>