स्वास्थ्य

भारतको राजस्थानमा एकै परिवारका आठजनामा कोरोना भाइरसको संक्रमण

Banner

काठमाडौं,चैत १८-

भारतको राजस्थानमा एकै परिवारका आठजना कोरोना भाइरसबाट संक्रमित भएका छन्। राजस्थानको अलवरमा एकै परिवारका आठजनामा कोरोना भाइरसको संक्रमण पाइएको हो । प्रदेश स्वास्थ्य विभागका अनुसार हालै फिलिपिन्सबाट फर्केका उक्त परिवारका एक व्यक्तिमा सुरुमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

त्यसपछि उनको सम्पर्कमा रहेका परिवारका अन्य सदस्यलाई पनि संक्रमण भएको हो । भारतमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण ३२ जनाको मृत्यु भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>