चितवन विशेष

चितवन मेडिकल कलेज भन्छः सरकार स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन चुकिरहेको छ

Banner

चितवन, चैत १७–

चितवन मेडिकल कलेज (सिएमसी)ले कोरोना भाइरस (कोभिड–१९)को माहामारीको बेला सरकारले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउनुपर्ने बताएको छ ।

सिएमसीले आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै यतिबेला सरकारले स्वास्थ्य संस्था र कार्यरत स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाएर कोरोनाविरुद्ध लड्न आवश्यक रहेको जनाएको छ । तर सरकारले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुको सुरक्षा र मनोबल उच्च बनाउन चुकिरहेको सिएमसीको ठम्याइ छ ।

सिएमसीले बिरामीको उपचारबाट कहिले पनि नपन्छिने भन्दै तर सरकारले आवश्यक सुरक्षा सामग्री उपलब्ध गराउनुपर्ने बताएको छ । विज्ञप्तीमा भनिएको छ–‘उच्च मनोबलसहित प्रयाप्त सुरक्षा सामग्री नदिई कोरोना संक्रमितको उपचार गर भन्नु हतियार बिना लडाइमा सैनिक पठाउनु जस्तै हो, सिधै मृत्युकुण्डमा होमिन कोही पनि चाहदैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>