चितवन विशेष

एम्बुलेन्स चालकहरु भन्छन्ः हामीलाई विभेद भयो

Banner

चितवन, चैत १७–

कोरोना सक्रमितहरुको उपचारमा आफूहरुको संलग्नतालाई बेवास्ता गरिएको भन्दै एम्बुलेन्स चालकहरुले आपत्ति जनाएका छन् । संयुक्त एम्बुलेन्स चालक संघ (ट्रेड युनियन महासंघ) नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै सरकारले गरेको विभेदको आलोचना गरेका हुन् ।

नेपाल सरकारद्धारा यस रोगको प्रत्यक्ष प्रभावित भनी केवल स्वास्थ्यकर्मीहरुलाई मात्र भनिएकोमा सरकारको हामी ध्यानाकर्षण गराउन चाहान्छौं, विज्ञप्तीमा भनिएको छ, एउटा विरामीको उपचारमा एम्बुलेन्स चालकको भुमिका के, कस्तो हुन्छ भनी सवैलाई अवगत भएकै कुरा हो । विरामी चढाउने, झार्ने, बोक्ने सम्मका काममा एम्बुलेन्स चालकहरु प्रत्यक्ष लागि परेका हुन्छन । तर, हाम्रो भुमिकालाई नजरअन्दाज गरेको प्रति आपत्ति पकट गर्दछौं ।’

हामी एम्बुलेन्स चालकहरुलाई पनि व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) उपलब्ध गराउन, विमाको व्यवस्था गर्न सरकारसमक्ष माग गरिएको अध्यक्ष लामिछानेले बताए । स्थानीय, प्रदेश र केन्द्र सरकार कसैले पनि हाम्रो सुरक्षामा चासो नदिएकोम दुःख व्यक्त गरिएको छ । सुरक्षालाई वेवास्ता गरि विरामी बोक्न नमानेको भनी अफवाह फैलाएको प्रति संगठन आपत्ति पकट गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>