Breaking News

भरतपुर महानगरले राहत बाड्न मापदण्ड बनायो, आफूखुशी राहत बाड्न नपाइने

Banner

चितवन, चैत १७–

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोक्न सरकारले लकडाउन गर्दा विपन्न वर्गलाई खाद्यान्नमा समस्या भएपछि भरतपुर महानगरपालिकाले राहत बाड्न मापदण्ड बनाएको छ । विपत्को बेला जथभावी व्यक्तिगत रुपमा राहत विवतरण हुन थालेको भन्दै महानगरपालिकाले मापदण्ड बनाएको हो ।

महानगरका प्रवक्ता एवंम भरतपुर १० का वडाअध्यक्ष अरुणपीडित भण्डारीले एकद्धार प्रणाली अन्तरगत राहत वितरणका लागि मापदण्ड बनाइएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने–‘एकद्धार प्रणालीबाट राहत वितरण गर्दा धेरै सहज हुन्छ, साच्चिकै आवश्यक परिवारले पाउन सक्छ ।’

प्रवक्ता भण्डारीले महानगरपालिका भित्रका सबै वडाको तथ्यांक दुई दिन भित्रमा तयार पार्ने निर्णय गरिएको जानकारी दिए । बैठक महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा भएको थियो ।

यस्तो छ महानगरको निर्णयः

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>