चितवन विशेष
युवा नेता श्रेष्ठले बाडे दैनिक ज्यालादारी मजदुरलाई खाद्यान्न
०

चितवन, चैत १७–
नेपाली काँग्रेस चितवनका युवा नेता तथा व्यवसायी रामकुमार श्रेष्ठले लकडाउनका बेलामा खाद्यान्न अभावमा बसीरहेको नारायणगढका दैनिक ज्यालादारी मजदुरहरुलाई खाद्यान्न सहयोग गरेका छन् ।
नारायणगढस्थित नारायणी नदी किनारमा रहेको सुकुम्बासी बस्तीका १८ परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् । उनले आज (सोमबार) विहान सोही स्थानमा पुगेर केही दिन पुग्ने गरी चामल, दाल, नुन, चाउचाउ र नगद सहयोग गरेका हुन् । श्रेष्ठले पहिलो चरणमा अतिआवश्यक व्यक्तिहरुलाई सो सामग्री सहयोग गरेको बताए ।
उनले विषमपरिस्थितिमा मजदुरहरु समस्या परेपछि सानो सहयोग गरेको बताए । उनले सरकारको तर्फबाट पनि जतिसक्दो छिटो सहयोग हुनुपर्नेमा जोड दिए ।
समाजसेवी श्रेष्ठले विभिन्न समयमा यस्तै सहयोगहरु गर्दै आइरहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>