Breaking News
कोरोनाबाट विश्वभर ३३ हजार ९ सय बढीको मृत्यु, ७ लाख संक्रमित
०

काठमाडौं,चैत १६-
कोरोना भाइरसबाट विश्वभर ३३ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ । नेपाली समयअनुसार सोमबार विहान साढे ५ बजेसम्म थप ३ हजार ७५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय ३६ जनाको मृत्यु भएको हो ।
यस्तै ७ लाख २१ हजार भन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । विश्वका २ सय भन्दा बढी मुलुकमा संक्रमण फैलिदा बिरामी परेकामध्ये उपचारपछि १ लाख ५० हजार ९ सय ३९ जना निको भएर घर फर्किएका छन् ।
कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा इटाली परेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७ सय ५६ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १० हजार ७ सय ७९ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>