चितवन विशेष

‘क्रिश्चियन धर्म मान्नुस् कोरोना लाग्दैन भन्दै प्रचार गर्ने महिला चितवनमा पक्राउ

Banner

चितवन,चैत १६-

चितवनको माडी नगरपालिकामा कोरोना भाइरसबारे भ्रम सिर्जना गरेर धर्म प्रचार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ‘येशुलाई विश्वास गर्नुस्, क्रिश्चियन धर्म मान्नुस् कोरोना लाग्दैन’ भन्दै भ्रम सिर्जना गरेको आरोपमा प्रहरीले माडी नगरपालिका ७ जगन्नाथपुरी बस्ने ३८ बर्षकी जानकी ढुङगानालाई पक्राउ गरेको हो ।

उनले इसाइ धर्म मान्नेलाई कोरोनाले छुँदैन भन्दै अपवाह फैलाएको भनी स्थानीयले उजुरी गरेपछि पक्राउ गरिएको चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । उनलाई अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>