Breaking News
चितवनमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न काँग्रेसको माग

चितवन, चैत १६–
नेपाली काँग्रेस चितवनले विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को परीक्षण प्रयोगशाला चितवनमा स्थापना गर्न माग गरेको छ ।
काँग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै मेडिकल हबको रुपमा रहेको चितवनमा तत्काल अन्य जिल्लामा जस्तै कोरोना परीक्षण केन्द्र स्थापना गर्न माग गरेका छन् । विज्ञप्तीमा भनिएको छ–‘१५/२० जिल्लाको मेडिकल हबको रुपमा रहेको चितवनमा आवश्यक चिकित्सक तथा सुविधासम्पन्न अस्पतालहरु रहेकोले यथासक्य छिटो कोरोना परीक्षण प्रयोगशाला (केन्द्र) स्थापना गर्न सरकारसंग माग गर्दर्छौ ।’
साथै काँग्रेसले सत्ताशिन पार्टीका प्रभावशाली नेताहरुले भरिपूर्ण चितवनमा सम्पूर्ण तथ्यहरुले कोरोना परीक्षण ल्याब (प्रयोगशाला) स्थापना गर्न उपयुक्त हुँदाहुँदै उक्त ल्याब निर्माण हुन नसकेमा आफै लज्जाको विषय हुने बताएको छ । सरकारले अहिले देशका विभिन्न स्थानमा कोरोना परीक्षण ल्याब स्थापना गरिरहेको छ । सरकारले चितवनको साटो हेटौंडामा प्रयोगशाला स्थापना गर्ने तयारी गरेपछि चितवनमा विरोध सुरु हुन थालेको छ ।