Breaking News
सहमतिको सरकार पार्टीको माग होइनः प्रवक्ता शर्मा
०

काठमाडौँ,चैत १६-
नेपाली कांग्रेसले अहिलेको अवस्थामा सहमतिको सरकार बन्नुपर्ने आफ्नो माग नरहेको प्रष्ट पारेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिको सरकार गठनका लागि कुनै छलफल नभएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रवक्ता शर्माले संकटमा सरकारलाई सघाउनु, सुझाव र दबाब दिनु नै कांग्रेसको अहिलेको कर्तव्य रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘सरकारमा सँगै नभएर पनि सँगै लड्न सकिन्छ यही हो नेपाली कांग्रेसको आधिकारिक धारणा ।’कोरोना भाइरसँग जुध्न सहमतिको सरकार गठन गर्नुपर्ने आवाज पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले उठाइरहेका वेला प्रवक्ताको यस्तो धारणा बाहिर आएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>