Breaking News
चीनबाट यी सामग्रीहरु आइपुग्यो नेपाल
०

काठमाडौं, चैत १६–
सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको लागि चीनसंग खरिद गरेको सामग्रीहरु नेपाल आइपुगेको छ । नेपाल एयरलाइन्सको चार्टर बिमान मार्फत सो सामग्रीहरु नेपाल ल्याईएको हो । हिजो दिउँसो चीन उडेको नेपाल एयरलाइन्स आज (आइतबारं विहान साढे पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
नेपाल आइपुगेको सामग्रीहरुमा गगल्स, विशेष प्रकारको पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामाग्री, इन्फ्रारेड थर्मोमिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>