चितवन विशेष
लकडाउनको पाचौँ दिनः चितवनमा ९८ जना प्रहरी नियन्त्रणमा
०

चितवन, चैत १५–
चितवनमा लकडाउन उल्लंघन गर्ने ९८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लकडाउनको पाचौँ दिन आज (शनिबार) जिल्लाका विभिन्न स्थानमा लकडाउन उल्लङ्घन गर्ने सवारी साधन र मानिसहरूलाई जिल्ला प्रहरी कार्यालय र माताहतका इकाइहरुले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा पर्नेहरुमा ९३ पुरुष र ५ जना महिला छन् । यस्तै प्रहरीले ४३ मोटरसाइकल, ३ स्कुटी, एउटा कार र १२ वटा साइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
आज नियन्त्रणमा परेका सबैलाई सम्झाइ बुझाइ छोडिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>