Breaking News

चितवनमा कडाइ, बिहानै रत्ननगरबाट ७७ जना पक्राउ (फोटाफिचर)

Banner

विकास पौडेल

चितवन, चैत १५–

आज लकडाउनको पाचौँ दिन । चिततवनमा प्रहरीले कडाइ गर्न थालेको छ । लकडाउन उल्लंघन गर्नेविरुद्ध कडा रूपमा प्रस्तुत भएको चितवन प्रहरीले आज (शनिबार) बिहान पूर्वीीचतवनको रत्ननगरबाट ७७ जनालाई नियन्त्रणमा लिएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोकथामका लागि सरकारले जारी गरेको आदेशलाई बेवास्ता गर्ने ५ महिलासहित ७७ जनालाई रत्ननगरकोे विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शेखरकुमार शाहाले जानकारी नारायणी अनलाइनलाई जानकारी दिए । सो क्रममा २२ वटा मोटरसाइकल, १२ वटा साईकल र एक वटा गाडीलाई समेत नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक शाहाले जानकारी दिए ।

स्वास्थ्यजस्तो गम्भीर विषयमा सरकारी आदेशको अवज्ञा गरेकालाई कडाइ गर्न थालेको प्रहरीले आज बिहान १० बजेसम्मको समयमा उनीहरुलाई नियन्त्रणमा लिएको शाहाले जानकारी दिए ।

विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म अत्यावश्यकबाहेक बाहिर ननिस्कन आदेश जारी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>