स्वास्थ्य
डब्ल्यूएचओ भन्छ : यो त सुरुवात मात्रै हो
०

काठमाडौँ, चैत १५-
कोरोना भाइरसको महामारीले विश्वको भविष्य अनिश्चित बन्दै गएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बताएको छ ।
विश्वका धेरै देशमा यो महामारीको भर्खर सुरुवात मात्रै भएको भन्दै डब्ल्यूएचओले बेलैमा सतर्कता नअपनाए स्थिति भयावह बन्ने दिशातर्फ उन्मुख भएको चेतावनी दिएको हो ।
डब्ल्यूएचओका आपतकालीन अवस्थासम्बन्धी शीर्ष विज्ञ डा. माइक रायनले जेनेभामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विश्वका धेरै देशमा यो महामारी चक्रको सुरुवात मात्रै भएको बताएका हुन् ।
‘केही देश (चीन, सिंगापुर) यो महामारीको चक्रबाट गुज्रिएका छन्,’ उनले भने, ‘यी देशमा रोग पुनः नफैलियोस् भन्ने हाम्राे चाहना छ।’ तसर्थ सबै समयमै सजग रहनुपर्ने उनकाे सुझाव छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>