समाज

लकडाउनः हातै हालेर मानिस पक्रिँदा संक्रमित हुने जोखिम बढेपछि प्रहरीको नयाँ जुक्ति

Banner

काठमाडौं,चैत १५-

मानिसबाट मानिसमा तीव्रगतिमा सर्ने कोभिड १९ को संक्रमण विश्‍वका १९९ देशमा पुगिसकेको छ। नेपालमा कोरोना भाइरस फैलिन नदिन सरकारले लकडाउन गरेको शुक्रबार चौथो दिन हो ।

लकडाउनको चौथो दिन चलिरहँदा प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई धमाधम पक्राउ गरिरहेको छ। हातै हालेर पक्रिँदा कोरोना संक्रमण सर्ने जोखिम भएपछि प्रहरीले मानिस पक्राउ गर्ने मेसिन ल्याएको छ। कोरोना भाइरसको संक्रमणबाट बच्न अनिवार्य दुरी कायम गर्नुपर्छ। यस्तोमा हातै हालेर मानिस पक्रिँदा प्रहरी पनि संक्रमित हुने जोखिम थियो। यस्तोमा प्रहरीले लकडाउन उल्लंघन गर्नेला समात्ने नयाँ जुक्तिसहित मेसिन ल्याएको छ। लकडाउन उल्लंघन गर्दै मानिसहरु सडकमा निस्किदिएपछि प्रहरीलाई जोखिम बढेको बेलामा उपत्यकामा मेसिनबाट मानिस समात्न थालिएको हो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकाबाट लकडाउनमा सडकमा निस्किने मानिसलाई समात्न यस्ता दुईवटा मेसिनको प्रयोग गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले यो मेसिनको प्रयोगले निश्चित दूरी कायम गर्ने भएकाले केही सुरक्षित हुने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>