समाज
अमेरिकामा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो
०

एजेन्सी,चैत १५-
नोवेल कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड–१९ महामारीको नयाँ इपिसेन्टरका रुपमा विकास भएको अमेरिकामा संक्रमितको संख्या एक लाख नाघेको छ । अमेरिकामा शुक्रबार झण्डै १७ हजार नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या एक लाख नाघेको हो।
पछिल्लो २४ घण्टामा कम्तिमा १६ हजार ९६१ जनामा नयाँ संक्रमण पुष्टि भएपछि अमेरिकामा कुल संक्रमितको संख्या एक लाख दुई हजार ३९६ पुगेको हो । यस्तै मृत्यु हुनेको संख्या १६ सय सात पुगेको छ ।
अमेरिकामा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या विश्वमै सबैभन्दा धेरै पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>