प्रदेश २

कोरोना भाइरसको जोखिम रोक्न सशस्त्र प्रहरीको ‘गोलो घेरा’

Banner

बारा,चैत १५-

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई रोकथाम गर्न गृहमन्त्रालयले देशभर लकडाउन गरेको अवस्थामा सशस्त्र प्रहरीले सुरक्षा सतर्कता अपनाएको छ ।बारामा सर्वसधारणलाई मास्क साबुन, सेनिटाईजर वितरण गरि जनचेतना जगाउने काम गरिरहेको सशस्त्र प्रहरीले स्वास्थ्यकर्मीको सल्लाह अनुसार कोभिड १९ बाट बच्न दुरी कायम गर्न समेत सर्वसाधारणलाई सुझाएको छ ।

सर्वसारणको दैनिक उपभोग्य वस्तु खरिद गर्दा दुरी कायम राखेर मात्र जान सुझाइएको सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले जानकारी दिए । जिल्लाको कोल्भी नगरपालिका,सिम्रौनगढ, महागढिमाई, कलैया उपमहानगरपालिका लगायतका ठाँउहरुमा गोलो प्रणाली लगाएको उनले बताए । बाँकी स्थानीय तहमा पनि समन्वय गरि गोलो प्रणाली बनाउने काम भइरहेको समेत जानकारी गराए ।

किराना पसल, तरकारी बजार, औषधी पसल, कपडा पसल लगायतको किनमेल गर्ने ठाउँहरुमा सशस्त्र प्रहरीको कमाण्डमा खटेका जवान लगायतकाले कम्तीमा एक फिटको दुरी कायम गर्ने गरि गोलो बनाई किनमेल गर्ने वतावरण बनाएका हुन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>