Breaking News

कोरोनाको औषधि भन्दै मेथानोल खाँदा इरानमा झण्डै पाँच सयको मृत्यु, सयौं बिरामी

Banner

एजेन्सी,चैत १४ –

कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको इरानले अर्को दुखद घटना व्यहोर्नु परेको छ। कोरोनाको औषधि भन्दै मेथानोल खाँदा इरानमा चार सय ८० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अन्तराष्टिय सञ्चार माध्यमका अनुसार झण्डै तीनहजारको संख्यामा मेथानोल खाएका बिरामीहरु अस्पताल भर्ना गरिएको छ।

उनीहरुको अवस्था पनि चिन्ता जनक रहेको एपीलाई उद्धृत गर्दै अन्तराष्टिय सञ्चार माध्यमले जनाएको छ। मेथानोल हाइड्रो अक्साइल गु्रपमा पर्ने एक किसिमको अल्कोहोल हो। सामाजिक सञ्जालमा कोरोनाको औषधि भन्दै मेथानोलको प्रचार गरिएपछि सयौं व्यक्तिले सेवन गरेका हुन्। तथापी इरानमा यसको बिक्री वितरणमा रोक लगाइएको छ।

कोभिड १९ का कारण इरानमा हालसम्म दुई हजार चार सयजनाको मृत्यु भएको छ भने ३२ हजार तीन सय ३२ जना संक्रमित भेट्टिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>