चितवन विशेष

बन्यजन्तुको जोखिम बढेपछि नवजागृती बन प्रवेशमा रोक

Banner

चितवन,चैत १४-

भरतपुर ११ मा रहेको नवजागृती सामुदायीक वनमा पछिल्लो समय जंगली जनावरको आतंक बढेपछि प्रवेशमा रोक लगाइएको छ । वनले सूचना जारी गर्दै आम नागरिकलाई जंगली जनावरको आक्रमणबाट बचाउन प्रवेशमा रोक लगाएको जनाएको छ ।

विगत केही समय यता वनमा जंगली हात्ती,गैडा,लगाएतका बन्यजन्तुको आक्रमण संगै मानव बस्तीमा समेत प्रवेश गर्न थालेपछि वन प्रवेशमा कडाई गरिएको अध्यक्ष पुस्तक गौतमले जानकारी दिए । उनले विश्वमा कोरोना भाइरसको महामारी फैलिएको र नेपालमा समेत यसको रोकथामका लागी सरकारद्धारा देशव्यापी निषेधको कार्यक्रम सार्वजनिक भएको र वन्यजन्तुको आतंक समेत बढेकाले प्रवेशमा रोक लगाइएको बताए ।

वनले जारी गरेको सूचनालाई वेवास्ता गरी जंगलभित्र प्रवेश गरेको पाइएमा कडा कारवाही गरिने चेतावनी दिइएको छ । साथै वन प्रवेश गर्दा आइपर्ने सम्भावित दुर्घटनाको जिम्मेवारी वन उपभोक्ता समूहले नलिने समेत सूचनामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>