राजनीति

प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगे प्रचण्ड

Banner

काठमाडौं,चैत १४-

स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन् । बिहीवार रातिबाट महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड शुक्रवार विहान अस्पताल पुगेका थिए ।

ओली र प्रचण्डबीच करीब आधा घन्टा कुराकानी भएको थियो । कोरोना भाइरस संक्रमण, सरकारले गरेको लकडाउन र यो परिस्थितिमा पार्टी तथा सरकारले खेल्नुपर्ने भूमिकाका विषयमा नेताहरुबीच छलफल भएको बालुवाटार स्रोतको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>