



काठमाडौं,चैत १४-
कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुक राष्ट्रिय संकटबाट गुज्रिरहेका सहमतिको सरकारको खाँचो औल्याएका छन्। उनले विश्वव्यापी संकटका रुपमा देखापरेको कोरोना भाइरस (कोभिड १९)सँग जुध्न राष्ट्रिय सहमतिमा जोड दिए। उनले मुलुक संकटमा परेका बेला सहमतिको सरकार गठन हुने गरेको भन्दै अरु दललाई पनि समेटेर अगाडि बढ्न सरकारलाई सुझाए।
‘यस्तो बेला राष्ट्रिय सहमति जुटाउनुपर्छ। आवश्यक परे सहमतिको सरकार बनाएर पनि चलाउनुपर्छ,’ बिहीबार साँझ समाजिक सञ्जाल फेसबुकबाट कोरोना भाइरसबारे आफ्नो धारणा व्यक्त गर्दै कांग्रेस नेता पौडेलले भने, ‘संकटमा बेलामा सहमतिको सरकार बन्ने प्रथा छ दुनियाँमा। सहमतिको सरकार बनाएर सञ्चाल गर्न सक्नुपर्छ।’
उनले सबैलाई समेटेर अहिले देखा परेको संकटबाट मुलुकलाई जोगाउन सरकारलाई आग्रह गरे। ‘सरकारले अरु दलहरुबाट पनि कस्तो सहयोगको अपेक्षा गरेको छ,त्यो पनि भन्नुपर्छ,’ उनले भने, ‘दलहरुले पनि सरकारलाई सहयोग गर्नुपर्छ।’
आमनागरिकको स्वास्थ्य सुरक्षाका लागि लकडाउन आवश्यक भए पनि अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक ठूलो मारमा परेको बताए। उनले सरकारलाई तत्काल राहत कार्यक्रम ल्याउन पनि आग्रह गरे।
फाइल तस्विर


भालुकाे मन खनिउ माथि।
यस्ताे वेेला पनि सत्ता कै लाेभ?? जाेे जहाँ छ तेहा वाट सकेकाे गर्ने वेला हैन याे??? सकिँदैन र ??
राष्ट्रिय संकट्को बेला कुर्सीको लालसा राख्नु एउटा जिम्मेवार नेताको नैतिकता होइन ।
marne bela samma pani sattakai lowva
kasto neta haru rahecha nepalma
hey bhagaban yesto neta haru lae corona le
laijaosh na bhagaban !
जनताकाे सेवा गर्न सरकारमै जान पर्ने हाे वा लालच हाे , खुलेर अाउन पर्ने देखिन्छ ।
रामचन्द्र पौडेल ज्यू को सहमति मा क्वरोना संग लड्नुपर्ने कुरा सही को तर सरकारनै सहमति को बनाउने कुरा संविधान मा व्यवस्था छैन ! अन्य देशमा पनि सहमति को सरकार बनाएर कोरोना लाई पराजित गरेको सुनिएको छैन ! धेरै बर्ष सहमति सरकार को अभ्यास भएको नै हो , अब सरकार बाहिर बसेर सरकार लाई कोरोना विरुद्ध लड्न सहयोग गर्ने की ? बांकी अवधि प्रतिपछ मा बस्न जनता ले दिएको जनआदेश हैन ?
Sarkar bahira bat pani samasya samadhan ma role khelna sakin6. yo news padhda ta lag6 ki congress le nepal ma ajhai thulo samasya aaos bhanne chahan6.