क्रिकेट
कोरोना बिरुद्ध लड्न सन्दीप लामिछानेले १ लाख सहयोग गर्ने
०

चितवन,चैत १४-
विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) सँग लड्न नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले सरकारलाई १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। उनले बिहीबार राती फेसबुक मार्फत सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषलाई सहयोग गर्ने घोषणा गरेका हुन्।
‘नेपाल सरकारको कोभिड–१९ राहत कोषमा १ लाख रुपैयाँ सहयोग गर्न पाउँदा खुसी लाखेको छ’, सन्दीपले फेसबुकमा लेखेका छन्, ‘सामाजिक दूरीको यस घडीमा साथ र सहयोग आवश्यक भएकाहरूलाई नबिर्सौँ।’ सन्दीपले दया र जिम्मेवारीले मानवता बोध गराउने भन्दै सबैलाई सुरक्षित रहन पनि आग्रह गरेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>