अन्तर्राष्ट्रिय

अमेरिकामा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएपछि ट्रम्पले भनेः चीनले तथ्याङ्क लुकायो

Banner

एजेन्सी,चैत १४-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना संक्रमितको संख्या धेरै हुनुको कारणलाई ‘टेस्टिङको नतिजा’ बताएका छन् । उनले एक पत्रकार सम्मेलनमा भने, ‘हामीले अत्यधिक मात्रामा परीक्षण गरेका छौँ र अधिक संक्रमित भेटिनुको नतिजा यहि हो ।’

उनले कोरोना भाइरसको उद्गमस्थल रहेको चीनले तथ्याङ्क लुकाएको आरोप लगाए । ‘चीनले कोरोनाको संक्रमणको जुन तथ्याङ्क बाहिर देखाएको छ, त्यो सत्य होइन । चीनमा संक्रमितको संख्या तथ्याङ्कमा देखाइएको भन्दा अधिक छ ।’

अमेरिकामा पुष्टि भएका संक्रमितको संख्या विश्वमा सबैभन्दा धेरै पुगेको छ । पछिल्ला केही दिन १० हजार भन्दा बढीका दरले नयाँ संक्रमित थपिएको अमेरिकामा कुल संक्रमितको संख्या कोरोना भाइरसको उत्पति भएको चीनमा भन्दा धेरै भएका छन् ।

पछिल्लो २४ घण्टामा १४ हजार ९९५ जनामा नयाँ संक्रमण पुष्टि भएपछि अमेरिका विश्वमै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित हुने देश बनेको हो । चीनमा कुल संक्रमितको संख्या ८१ हजार २८५ छ भने अमेरिकामा त्यो भन्दा बढी ८३ हजार २०६ पुगेको छ ।

तेस्रो स्थानमा रहेको इटालीमाम कुल संक्रमितको संख्या ८० हजार ५९८ पुगेको छ । पछिल्लो २४ घण्टामा इटालीमा ६ हजार २०३ जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै स्पेनमा ८ हजार २७१ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ५७ हजार ७८६ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>