अन्तर्राष्ट्रिय
कोरोनाको उपचार गर्दागर्दै इटालीमा ३७ डाक्टरको मृत्यु
०

इटाली, चैत १३–
कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरुको उपचार गर्दागर्दै इटालीमा ३७ जना चिकित्सकको मृत्यु भएको छ । कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको इटालीको संघीय चिकित्सक संघले बिहीबार बेलुकासम्म ३७ जना चिकित्सकको मृत्यु भइसकेको जानकारी दिएको हो ।
इटालीका चिकित्सकहरुले आफूहरु निकै कठिन परिस्थितिसँग सामना गरिरहेको बताएका छन्।
यस्तै इटालीमा बिहीबार साँझसम्म कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ। त्यस्तै इटालीमा ७४ हजार ३ सय ८६ जना संक्रमित हुँदा करिब ९ हजार निको भएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>