देश/प्रदेश
हङकङमा पनि नेपालीलाई भेटियो कोरोना संक्रमण
०

काठमाडौं, चैत १३–
बेलायत, अमेरिकापछि हङकङमा नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको छ । हङकङस्थित नेपाली महाबाणिज्य दूताबासले एक नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि गरेको छ । संक्रमित नेपाली हङकङकै चर्चित नाइट हव लाङ्काई फोङ्मा बार कार्यरत थिए ।
पछिल्लो समय कोरोनाको संक्रमण विश्वभर फैलिरहेका बेला क्वारेन्टाइनमा राखिएकाहरु पनि यो बारमा गएका थिए । त्यही कारणा क्लबका कर्मचारीलाई कोरोना संक्रमण भएपछि अरूको पनि परीक्षण गरिएको थियो ।
त्यसक्रममा नेपाली नागरिकको पोजेटिभ रिपोर्ट आएको र उनको अहिले नर्थ डिष्ट्रिक अस्पतालमा उपचार भइरहेको छ । ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>