Breaking News

तनहुँवासीलाई सांसद श्रेष्ठको अपिलः दैनिकी चलाउने समस्या भए मलाई फोन गर्नुहोस्

Banner

तनहुँ,चैत १३-

लकडाउनको समयमा दैनिक गुजारा टार्न समस्या पर्ने आफ्नो निर्वाचन क्षेत्रका जनतालाई तनहुँका एकजना सांसदले सहयोग गर्ने बचन दिएका छन् । तनहुँ क्षेत्र १ का १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले सार्वजनिक अपिलमार्फत सो जानकारी गराएका हुन् ।

उनले लकडाउनको अवस्थामा दैनिक ज्यालादारी काम गरेर खाने तथा विपन्न जनतालाई दैनिकी चलाउने समस्या भएमा आफूलाई फोन र सामाजिक सञ्‍जालमार्फत सम्पर्क गर्न आफ्नो र सहयोगीको नम्बरसमेत दिएका छन् । सांसद श्रेष्ठले भनेका छन्य ‘यस्तो परिस्थितिमा म भौतिक रुपमा तपाईंहरु समक्ष आउन नसके पनि दैनिक जीवन गुजारा गर्न समस्या हुनेहरुले सम्पर्क गर्नुहोला र म सहयोगको व्यवस्था गर्नेछु । देशको अवस्था सामान्य भइसकेपछि म तपाईंहरुको अवस्था बुझ्न घरघरमै आउनेछु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>