चितवन विशेष

भरतपुर कोरोना अस्पताललाई लायन्सले दियो अत्यावश्यक सामग्री

Banner

चितवन, चैत १३–

भरतपुर कोरोना विशेष अस्प्ताललाई लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बीटुले अत्यावश्यक सामग्री सहयोग गरेको छ । डिष्ट्रिक्ट भाइस गर्भनर लायन रामप्रसाद भट्टले सो सामग्री आज (बिहीबार) हस्तान्तरण गरेका हुन् । उनले भरतपुर महानगरपालिकाकी प्रमुख एवंम अस्पतालकी संयोजक रेनु दाहाललाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।

लायन्सले ५० थान पीपीई र ५० लिटर सेनिटाईजर अस्पताललाई हस्तान्तरण गरेको हो । भट्टका अनुसार ती सामग्रीको मूल्य रु तीन लाख भन्दा बढी पर्दछ । सामग्री हस्तान्तरण गर्दै उनले अत्यावश्यक भएकाले तत्काल यी सामाग्री उपलव्ध गराएको र आगामी दिनमा आवश्यकता अनुसार थप सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । सो सामग्री ग्रहण गर्दै महानगर प्रमुख दाहालले यो अभियान साझा अभियान भएकाले सबैको साथ र सहयोगको अपेक्षा रहेको बताइन् ।

अस्पतालका सदस्य सचिब डा. भोजराज अधिकारीले अत्यावश्यक सामग्रीहरु प्रदान गरेकोमा लायन्स क्लवलाई धन्यवाद दिदै यस अभियानमा जुट्न सबैमा आव्हान गरे । सामग्री हस्तान्तरण गर्न भट्टसंगै क्लबका चिफ एड्भाईजर सिद्धार्थलाल चुके, दिननाथ न्यौपाने, सिनियर एड्भाईजर डा. शारदा कँुवर, बागेश्वरी लायन्सका पूर्वअध्यक्ष पूर्णबहादुर श्रेष्ठ र नारायणगढ लायन्स क्लवका अध्यक्ष निरज श्रेष्ठ अस्पताल पुगेका थिए ।
अस्पताललाई यसअघि सिजि फाउण्डेसनले १० थान पीपीई उपलव्ध गराएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>