अन्तर्राष्ट्रिय
भारत सरकारले तीन महिनासम्म ८० करोडलाई निशुल्क दालचामल दिने
०

नयादिल्ली, चैत १३-
बढ्दो कोरोना संक्रमणकामा भारत सरकारले प्रधानमन्त्री गरीब कल्याण योजनाअन्तर्गत भारतका ८० करोड बासिन्दालाई आगामी तीन महिनासम्म निशुल्क चामल, गहुँ र दाल दिने भएको छ ।
पाँच किलो चामल वा गहुँमध्ये एक र एक किलो दाल भारत सरकारले तीन महिनासम्म निशुल्क दिने भएको हो । त्यस्तै, भारत सरकारले ८ करोड ६९ लाख किसानका लागि अप्रिल पहिलो हप्ता दुई हजार रुपैयाँ दिने घोषणा पनि गरेको छ ।
बढ्दो संक्रमणका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीन सातासम्म लकडाउनको घोषणा गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>