Breaking News
युरोपेली देशहरुले नेपालमा रहेका आफ्ना नागरिकहरु फिर्ता लैजान चार्टर विमान पठाउने

काठमाडौं, चैत १३-
कोरोना भाइरस (कोभिड १९)को संक्रमणको त्रासका बीच फ्रान्स र जर्मनीले आफ्ना देशका नागरिक लैजान चार्टर विमान काठमाडौं पठाउन लागेका छन् ।
युरोपेली देशहरुले नेपालमा रहेका आफ्ना नागरिकहरु फिर्ता लैजान चार्टर विमान पठाउने भएका हुन् ।
जर्मन नागरिकलाई लैजानका लागि कतार एयरवेजका दुई विमान चाटर्ड गरिएको छ । शुक्रवार र शनिवार ति विमानहरुले नेपालमा रहेका जर्मन र अन्य युरोपेली मुलुकका नागरिकलाई लैजाने तयारी गरिएको छ ।
युरोप फर्किन चाहनेलाई जर्मन दूतावासको वेवसाइटमा रहेको फर्म भर्न आह्वन गरिएको छ ।
अहिले जर्मन र फ्रेन्च नागरिक गरी करिब ७ सय जना काठमाडौंमा छन् । यस्तै, नेपालस्थित फ्रान्स दूतावासले बुद्ध एयरको विमान चार्टर गरी पोखराबाट आफ्ना ५० जना नागरिकलाई काठमाडौं पुर्याउँदै छ ।
यस्तै, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, जापान र दक्षिण कोरियाले पनि नेपालमा रहेका आफ्ना नागरिक फिर्ताका लागि चार्टर विमान पठाउने तयारी गरेका छन् । नेपालमा रहेका व्यक्तिका परिवारको विशेष चासोपछि उनीहरुलाई स्वदेश फिर्ताको वातावरण बनाउन लागिएको हो ।