समाज
लकडाउन कार्यान्वयन नभएपछि जनकपुरमा स्थानीयले गरे सडक जाम
०

जनकपुरधाम,चैत १३-
लकडाउनको कार्यान्वयन नभएपछि स्थानीयवासीहरुले गाउँको मुख्य सडक नै बन्द गरेका छन् । गौशाला नगरपालिका वडा नंम्बर २ का स्थानीयवासीहरुले लकडाउनको कार्यान्वयनको लागि आज (बिहीबार) बिहानै सडकको विभिन्न भागमा बाँसले घेरेका छन् ।
गाउँ घरमा अहिले पनि लकडाउन पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन । गाउँमा आवतजावत नरोकिएपछि आफूहरुले बाध्य भएर सडक नै बन्द गरेको स्थानीय करन महतोले बताए । विश्वभरी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न नेपाल सरकारले चैत ११ गते देखि चैत १८ गते सम्म देशभरी लकडाउन गरेको छ ।
लकडाउनको उलंघन गर्नेहरु दिनहुँ पक्राउ परिरहेका छन् भने सयौं सवारी साधनलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । लकडाउनको उलंघन गरेपछि अहिले प्रदेश २ को सबै जिल्लामा नेपाली सेनालाई समेत परिचालन गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>