Breaking News
स्पेनमा एकै दिन ७ सय ३८ को मृत्यु, चीनभन्दा धेरैले ज्यान गुमाए
०

एजेन्सी,चैत १२-
कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा ज्यान गुमाउनेको संख्या चीनमा भन्दा धेरै भएको छ। बुधबार एकै दिन स्पेनमा थप ७ सय ३८ जनाको मृत्यु भएपछि स्पेनमा कोभिड १९ का कारण ज्यान गुमाएको संख्या यो भाइरसको सुरुवात भएको चीनमा भन्दा धेरै भएको हो।
स्पेनमा हालसम्म ३४ सय ३४ जनाको कोभिड १९ का कारण ज्यान गएको छ। चीनमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ सय ८१ रहेको छ। चीनमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तथा यसका कारण हुने मृत्यु लगभग नियन्त्रणमा आएको छ ।
तर युरोपको इटाली, स्पेनसहितका देश तथा अमेरिकामा यसको संक्रमण तीव्र गतिमा फैलिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>