Breaking News

भरतपुर कोरोना अस्पतालः आज एकैदिन २७ जनाले लिए सेवा

Banner

चितवन, चैत १२–

चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा आज (बुधबार) एकैदिन २७ जनाले उपचार गराएका छन् । चैत ७ गतेदेखि सुरु भएको अस्पतालमा हालसम्म ८२ जनाले सेवा लिएको अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारी जारी विज्ञप्तीमा उल्लेख छ ।

यस्तै अस्पतालमा कोरोनाको आशंकामा ११ जनाको आइसोलेसनमा उपचार भइरहेको डा.अधिकारीले जानकारी दिए । यस्तै अस्पतालले उपचारको क्रममा निधन भएका वीरगञ्जका सन्तोष यादवसहित ८ जनाको कोरोना परीक्षण गरिएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको डा.अधिकारीले बताए । यस्तै अस्पतालले उपचारमा संलग्नहरुका लागि आवश्यक सामग्री प्राप्त भएको जनाएको छ । डा.अधिकारीका अनुसार पाँच सय ७० पिस पीपीइ र दुई सय २० वटा एन ९५ मास्क भरतपुर महानगरपालिकाले उपलब्ध गराएको जानकारी दिए ।

यस्तै चितवनमै कोरोना परीक्षण गर्ने गरी तयारी भइरहेको अस्पतालले जनाएको छ । चितवन प्रदर्शनी केन्द्रमा संचालित यस अस्पतालमा ५० वटा साधारण बेड, १० वडा सघन कक्ष (आसियु) र १० बजेड एचडियु रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>