समाज

लकडाउनः कन्टेनरमा लुकेर आएका ५२ यात्रु वीरगन्जमा पक्राउ

Banner

वीरगन्ज,चैत १२-

लकडाउन उल्लंघन गरेर नेपालका विभिन्न शहरबाट मालवाहक लरीको खाली कन्टेनर भित्र लुकेर वीरगन्ज आएका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौंबाट भरतपुर हेटौंडा हुँदै वीरगन्जस्थित घण्टाघरमा मंगलबार राति १२ बजे आइपुगेको ना ५ ख ९५५२ नम्बरको लरीको खाली कन्टेनर भित्र रहेका ३ बालबालिका सहित ५२ यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले लरीका चालक शीवनारायण महरालाई पनि नियन्त्रणमा लिएको छ। काठमाडौंको सतुंगलमा रहेको टायल इन्जिम हार्डवेयरमा अल्मुनियम झारेर मंगलबार साँझ वीरगन्ज फर्किने क्रममा लरीमा रहेको खाली कन्टेनर भित्र काठमाडौं, भरतपुर, हेटौडाबाट ती यात्रुहरु चढेका थिए।

प्रति व्यक्ति २ सय रुपैयाँ भाडा दिने सर्तमा चालकले आफुहरुलाई लरीमा चढाएको यात्रूहरुले बताएका छन्। प्रहरीले नियन्त्रणमा लिएकाहरु बारा, पर्सा र रौतहटका बासिन्दा हुन्। उनीहरु व्यापार व्यवसाय र मजदुरीका लागि काठमाडौं, भरतपुर र हेटौंडामा बस्दै आएका थिए। मंगलबारदेखि लकडाउन भएपछि घर फर्किन अन्य कुनै सवारी साधन नपाएपछि लरीको खाली कन्टेनर भित्र बसेर घर फर्कने क्रममा प्रहरीले नियन्त्रणमा लिएको बारा मोतीसरका रमेश बैठाले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>