स्वास्थ्य
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ हजार नजिक पुग्यो
०

एजेन्सी,चैत १२-
कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १९ हजार नजिक पुगेको छ। हिजोमात्रै २ हजार २ सय ९४ जनाको मृत्यु भएसँगै विश्वभर हालसम्म मृत्यु हुनेको संख्या १८ हजार ८ सय ८ पुगेको छ। विश्वभर ४२ हजार ४ सय ५८ जना नयाँ संक्रमित देखिएका छन्। कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा इटालीमा मात्रै ७ सय ४३ जनाले ज्यान गुमाएका छन्। योसँगै त्यहाँ मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० पुगेको छ।
पछिल्लो समय चीन बाहेकका अन्य देशमा कोरोना भाइरसले महामारीको रुप लिइरहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>