समाज
नेपालमा ६१० जनाको कोरोना परीक्षण, दुईमा संक्रमण
०

काठमाडौं,चैत ११ –
सोमबारसम्म कोरोना भाइरसको आशंकामा नेपालभर ६१० वटा नमूना परीक्षण भएको छ । तीमध्ये दुई वटामा कारोनाको संक्रमण देखिएको छ ।
एक जनाको शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ भने अर्का संक्रमित निको भइसकेका छन् । हालसम्म कोभिड–१९ का कारण विश्वभरका १ सय ८९ मुलुक प्रभावित भएका छन् । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले एक साताको लकडाउन घोषणा गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>